• 027-400083
  • info@shreebhanubhaktamavi.edu.np
  • Deumai municipality 04
  • News

    बहुविषयको रुपमा सामाजिक अध्ययन

    सामाजिक अध्ययन समाजको बारेमा अध्ययन गर्ने बिषय हो, समाजको अध्ययन गर्दा समाज र मानवविच नजिकको सम्बन्ध हुने भएकोले समाजमा बसोवास गर्ने मानिसका हरेक पक्षको बारेमा सामाजिक बिषयमा अध्ययन गरिन्छ । मानीस जन्मेदेखि मृत्युसम्मका संस्कारहरुदेखि लिएर उनीहरुका आर्थीक, सामाजिक, साँस्कृतिक कृयाकलापको बारेमा अध्ययन गर्ने मुख्य विषय सामाजिक हो । एउटा मानीसको विभिन्न पक्ष, परिवार, आफूबसोवास गरेको समाज, देश हुदै विश्वपरिवेश सम्मको ज्ञान सामाजिक अध्ययनबाट प्राप्त हुन्छ । बिद्यालय तहको पाठयक्रम र पाठ्यवस्तु हेर्ने हो भने पनि यिनै विषयवस्तु बारेको ज्ञान, मानीसको उत्पति र विकास, समाजको उत्पति र विकासक्रम लगायत मानीसको आर्थीक, सामाजिक, भौगोलीक, कला वास्तुकला लगायतका बिषयसग सामाजिक बिषय सम्बन्धित छ । व्यक्तिलाई नैतिकता सिकाउने, सामाजिकीकरणमा समाहित गराउने , अधिकार र कर्तव्यकोबारेमा ज्ञान, अरुसग गरिने व्यवहारहरु सिकाउने, आफूबसेको परिवेशको ज्ञान, भूगोलको जानकारी, सहानुभूति, समानुभूति, लागुपदार्थको असर लगायतका बिषयवस्तु एउटा मानीसलाई चाहिने अति आवश्यक तत्वहरु हुन । यिनै नैतिक पक्ष, स्थानीय परिवेश, समाज र संस्कृतिसँग व्यक्ति कसरी घुलमील हुनुपर्छ भन्ने उद्देश्यले पहिलोपटक नैतिक शिक्षा अन्तर्गत व्यवहारिक बन्न सिकाउन सामाजिक अध्ययनको शुरुवात अमेरिकाबाट सन १९१६ मा शुरु भएको थियो । १९१० को दशकमा विश्वले विशेषगरि युरोपेली मुलुकहरुले प्रथम विश्वयुद्धको त्रासमा मानीसहरुविच सदभाव, एकता र विश्वबन्धुत्वको भावना हराउदै गएकोले फरक फरक सामाजिक, आर्थीक, भौगोलिक परिवेशका मानीसहरुविच आपसी समझदारी र सदभाव कायम गर्न अमेरिकाले सामाजिक बिषयको अध्ययन शुरु गरेको थियो । यसको प्रभावकारिता तथा बहुउपयोगीताको चर्चा हुदै जाँदा १९६० को दशकपछि यो बिषयले शिक्षा शिक्षण क्षेत्रमा व्यापकता पायो ।
    नेपालको सन्दर्भमा प्राचिन शिक्षा प्रणाली अनौपचारिक प्रकृतिको थियो , विभिन्न धार्मिक विषयवस्तुहरु जोडिएको यो प्रणालीमा मानव मूल्य मान्यता, नैतिकता, व्यक्तिको पारिवारिक, सामाजिक जिम्वेवारी र कर्तव्य जस्ता विषयवस्तु समेटिएका हुन्थे । अनौपचारिक रुपमै भएपनि यि बिषयहरु समाज र मानीससगै सम्बन्धित भएकोले कुनै न कुनै रुपमा सामाजिक अध्ययन बिषयको अध्ययन अध्यापन भएको देखिन्छ । वि. स. २०११ सालमा कलेज अफ एजुकेशनको स्थापना सगै नेपालमा सामाजिक अध्ययन बिषयको औपचारिक शुरुवात भएको देखिन्छ । नेपालको शिक्षा क्षेत्रमा वि.स. २०२८ मा राष्ट्रिय शिक्षा पद्दतिको योजना आइसकेपछि भने सामाजिक शिक्षा विषयको पढाई बिद्यालय तहको प्राथमीक, निम्न माध्यमिक र माध्यमिक तीनवटै तहहरुमा शुरु भएर शिक्षण घण्टा समेत निर्धारण गरियो । विभिन्न समयमा भएका शैक्षिक परिर्वतनहरुसगै २०५५ को उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगले बिदयालय शिक्षाको पाठयक्रम संरचनालाई आवश्यक सुधार तथा परिमार्जन गर्नुपर्ने सुझावका आधारमा “सामाजिक अध्ययन” बिषयलाई बिद्यालय शिक्षाको सबै तहमा महत्वपूर्ण अनिवार्य बिषयका रुपमा अध्ययन अध्यापन हुन थाल्यो । वि.स. २०७६ सालमा “ बिद्यालय शिक्षाका लागि राष्ट्रिय पाठयक्रम प्रारुप २०७६” जारी भयो, यसले बिद्यालय तहलाई कक्षा १२ सम्म विस्तार गर्यो भने सामाजिक अध्ययन विषयलाइ पनि कक्षा १२ सम्म विस्तार गरी कार्ययोजना तयार पारे अनुसार हाल कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा ÷ सिपको रुपमा २०७८ सालबाट कक्षा १२ को प्राविधिक धारतर्फ समेत १०० पूर्णाङकको सामाजिक अध्ययन विषय अनिवार्य विषयको रुपमा नेपालमा पठनपाठन हुदै आएको छ । तल्लो तहमा कक्षा १–३ को पाठयक्रमलाई एकीकृत संरचननामा विकास गर्दै सामाजिक अध्ययनका विषयहरु “हाम्रो सेरोफेरो” विषय क्षेत्रका रुपमा निर्माण भएको छ ।
    माथी चर्चा गरिएको ऐतिहासिक पक्ष तथा विकासक्रमको आधारमा पनि सामाजिक बिषयको उपयोगीता र महत्वलाई ध्यानमा राखिएको पाईन्छ । यो बिषय बहुबिषयक बिषय हो किनभने सामाजिक अध्ययन भित्र धेरै अन्य बिषयहरु जेडिन्छन जसले एउटा व्यक्तिलाई आफू बसेको समाज आफनो परिवारदेखि विश्वपरिवेशसम्मको ज्ञान प्रदान गर्दछ । व्यक्तिले आफनो व्यवहार परिवर्तन, अधिकार,कर्तब्य, कानुनको पालना, नियमको रक्षा, सामाजिक साँस्कृतिक सम्पदाको संरक्षण, दिगो विकास जस्ता बिषयहरुको अध्ययनबाट विभिन्न सिप र ज्ञान प्राप्त गर्छ जसबाट समाज र देशविकासमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुन सक्छ । सामाजिक अध्ययनभित्र इतिहास, भूगोल, राजनितिशास्त्र, अर्थशास्त्र, लैङगिक अध्ययन, मानवशास्त्र, समाजशास्त्र, जनसंख्या अध्ययन, दर्शनशास्त्र, मनोविज्ञान, अन्तराट्रिय सम्बन्ध जस्ता धेरै बिषयबस्तु समेटिएका छन । विभिन्न पाठयक्रममा समावेश यि विषयवस्तुको अध्ययनबाट एउटा बिद्यार्थीले धेरै कुराहरुको ज्ञान,सीप,अनुभव थाहा पाउने हुदा यस बिषयलाई बहुउपयोगी तथा जीवनउपयोगी शिक्षाको रुपमा लिन सकिन्छ । पाठयक्रम र पाठ्यवस्तुका कुराहरुलाई व्यवहारिक रुपमा लागु गरेर सामाजिक समस्याहरु समाधान गर्ने, समाजमा रहेका अन्धविश्वास हटाउने, विकास निर्माणमा समुदायको जनसहभागिता जुटाउन प्रोत्साहन गर्ने जस्ता कार्य गर्न सक्छन जसबाट व्यक्तिगत, पारिवारीक, सामाजिक र राष्ट्रिय विकास गर्न सामाजिक अध्ययनले मद्दत गर्दछ । बिद्यालय तहको पाठ्यक्रम हेर्ने हो भने आर्दश नागरिक उत्पादनको लक्ष्य, सामाजिक साँस्कृतिक परिवेशको ज्ञान, परम्परागत मूल्यमान्यता, धर्म, जाति, भाषा,भूगोलको विविधता बारेको ज्ञान, समसामयिक घटनाहरुको जानकारी,नेतृत्व क्षमता विकास, हाम्रा नितिनियम,व्यवहारहरु, धर्म संस्कृति, खानपान, भेषभूषा, विविधताको पहिचान र सम्मान तथा एकता कायम गर्ने उपायहरु सबै ज्ञान तथा सिप सामाजिक बिषयमा समेटिएका छन । पक्कै पनि यो विषयभित्रका अन्य धेरै विषयवस्तुहरु स्वास्थ्य, सरसफाई,स्वस्थ्य जीवनशैली, जनसंख्या व्यवस्थापन, नागरिक चेतना , ज्येष्ठ नागरिकको, अपाङगको सम्मान , देशको संविधान, जस्ता विषयवस्तुको अध्ययन र ज्ञानबाट बिद्यार्थीहरुले धेरै कुरा जान्ने र सिक्ने अवसर सामाजिक बिषयले दिएको छ । भूगोलका विभिन्न विषयवस्तु यसमा समेटिएका छन जसबाट आफनो समाज र देशको, महादेश तथा महासागरहरुको र समग्र विश्वको भौगोलिक अवस्थाको जनाकारी, प्राणी र बनस्पति, हावापानी , आर्थीक,सामाजिक सांस्कृतिक पक्षबारेको ज्ञान प्राप्तहुनुका साथै नक्साकार्य गर्न सक्ने सिप समेत सिक्नेछन । देशका ऐतिहासिक,धार्मिक, सांस्कृतिक सम्पदाबारेको ज्ञान र महत्व तथा संरक्षणका उपायदेखि लिएर मानिसका विविधता , आर्थीक,सामाजिक क्रियाकलाप, हरेक जातिको भाषा, धर्म, पहिचान, कला तथा संस्कृतिको सम्मानको सिप समेत प्राप्त हुने विषयवस्तुहरु रहेका छन । संविधान, निर्वाचन प्रक्रिया, मौलीक हकहरु, कर्तव्य जस्ता विषयवस्तुको अध्ययनपछि बिद्यार्थीहरुले धेरै कुराहरु जान्नेछन । यि र यस्तै उपयोगिता सामाजिकका प्राय सबै कक्षागत पाठयवस्तुमा रहेका छन । उनीहरुले गर्नुपर्ने र जान्नुपर्ने सिपहरु जस्तै प्रतिवेदन तयारी, सम्पादकीय, परियोजना कार्य, समाचार र संवादको नमूना तयार गर्ने जस्ता व्यवहारिक सिपहरु यसभित्र समेटिएका छन । माथील्लो कक्षाहरु खासगरी ११ र १२ को सामाजिकको पाठहरुमा निर्णय निर्माणको सिप, समस्या समाधानको सिप, संचारको सिप, अन्तरबैयक्तिक सिप, तनाव तथा द्धव्द्ध व्यवस्थापनको सिप, किशोरवस्थामा आउन सक्ने चुनैतिहरु व्यवस्थापनका सिपहरु जस्ता धेरै सिपहरुको अध्ययनबाट व्यक्तिले परिवार, समाज र राष्ट्रमा केही न केही योगदान दिन सक्ने भएकोले समाजिकलाइ बहुउपयोगी बिषय मान्न सकिन्छ ।
    झरेन्द्र बराल, सामाजिक शिक्षक तथा संयोजक सामाजिक शिक्षण समिति
    भानुभक्त मा. वि .
    सन्दर्भग्रन्थसूचि ः
    १. ज्ञवाली, दामोदर र अन्य“ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा ” विद्मार्थी पुस्तक भण्डार, कमलपोखरी÷भोटाहिटी काठमाडौ ।
    २. खतिवडा, नारायणप्रसाद , “ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा ” आशिष पुस्तक भण्डार, बागबजार काठमाडौ ।

     
     

    Leave a comment