भानुभक्त माध्यमिक विद्यालयमा तीज कार्यक्रम सम्पन्न

देउमाई, इलाम – देउमाई–४ स्थित भानुभक्त माध्यमिक विद्यालयमा तीज कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो। विविध सांस्कृतिक नृत्य, गीत तथा परम्परागत प्रस्तुतिहरूले कार्यक्रममा रंग भरिएका थिए।
विद्यालय परिवारको तर्फबाट कार्यक्रम सफल बनाउन सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
